दफा ५०
आवासीय भवन, अन्य भवन बनाउन वा बस्ती बसाउन नसकिने
(१) यो ऐन प्रारम्भ भएपछि स्थापना हुने औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक कोरिडोरको नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्र र दूरीभित्र कुनै पनि किसिमको आवासीय भवन वा अन्य भवन बनाउन वा बस्ती बसाउन सकिने छैन । त्यसैगरी प्रचलित कानूनले आवासक्षेत्र एवं विशेष प्रयोजनको लागि भनि तोकिएको क्षेत्रमा उद्योग स्थापना गर्न पाइने छैन ।
(२) उपदफा (१) बमोजिम तोकिएको क्षेत्र र दुरीभित्र रहेको कसैको निजी जग्गामा आवासीय भवन वा अन्य भवन वा बस्ती बसाउन नदिएको कारणवाट हानि नोक्सानी पुग्न जाने भएमा नेपाल सरकारले तोकिएको म्यादभित्र तोकिए बमोजिमको प्रक्रिया पुरा गरी सम्बन्धित व्यक्तिलाई मनासिब माफिकको क्षतिपूर्ति दिनु पर्नेछ ।